मङ्गलबार, ०३ भदौ २०८२

पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक जारी


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरू भएकाे छ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक केहीबेरअघि सुरू भएकाे हाे।

बैठकमा समसामयिक राजनीति, नेताहरूको कार्यविभाजन, पार्टी एकता,  जागरण अभियान सञ्चालनलगायत विषयमा छलफल हुने बताइएकाे छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ