आइतबार, २२ कात्तिक २०८३

सुनसरीमा ट्रककाे ठक्करबाट दुईजना माेटरसाइकल यात्रीकाे मृत्यु


काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका-१३ गणेश पेट्रोल पम्प नजिक गएराति ट्रकको टक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १-०४ ००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२-०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई गए राति पौने १२ बजे ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दुवै जनालाई उद्धार गरी उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्‍याइएको थियो । तर चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको डीएसपी खड्काले बताए ।

मृतक दुवै जनाको अहिलेसम्म पहिचान खुल्न सकेको छैन ।

दुर्घटना पश्चात फरार रहेका ट्रक चालकको खोजी भइरहेको उनले बताए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ