- असार ०६, २०८०
फाइल तस्बिर
काठमाडाैँ। सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउने तयारी गरेका छन्।
दुवै दलले सिंहदरबारस्थित संसदीय दलकाे कार्यालयमा आफ्ना सांसदहरूलाई बाेलाएर हस्ताक्षर संकलन सुरू गरेका हुन्।
अहिले सांसदहरू कार्यालयमा पुगेर धमाधम हस्ताक्षर गरिरहेका छन्।
उपसभामुख राना अमेरिका भ्रमणमा रहेकाे बेला कांग्रेस र एमालेले उनलाई पदबाट हटाउने तयारी गरेकाे हाे।
रानाको सचिवालयका अनुसार गत साउन ३० गते अमेरिका भ्रमणमा गएकी उनी यही भदौ १३ गते स्वदेश फर्किने कार्यक्रम छ।
उपसभामुख रानामाथि ४ जना व्यक्तिलाई अमेरिका लैजाने अमेरिकी दूतावासमा पत्र लेखेर भिसा अन्तर्वार्ताका लागि समय मिलाउन आग्रह गरेको आराेप लागेपछि उनलाई यसअघि नै हटाउने तयारी गरिएकाे थियाे। तर विरोधका कारण उक्त प्रक्रिया राेकिएकाे थियाे।
त्यसबेला कांग्रेस र एमालेका सांसदहरूले उपसभामुखलाई नैतिकताका आधारमा पदबाट राजीनामा दिन भनेका थिए।
टिप्पणीहरू: