बुधबार, ०९ मंसिर २०८३

हात्तीको आक्रमणबाट बाकाे मृत्यु, छाेराले भागेर ज्यान बचाए


सप्तरी । रुपनी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आज १ः०० बजे हात्तीको आक्रमणमा परी सोही पालिका–६ वीरेन्द्र बजारका ५३ वर्षीय सुवबहादुर श्रेष्ठको घटनास्थलमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमराज घिमिरेका अनुसार बस्तीमा हात्ती आएको थाहा पाएपछि घरनजिकै आगो बालेर बसिरहेका श्रेष्ठलाई हात्तीले आक्रमण गरेको हो । उनका छोरा अर्जुन  भागेर ज्यान जोगाउन सफल भएका छन् । एक सातादेखि हात्तीको ठूलो बथान रुपनीमा  प्रवेश गरेपछि स्थानीय त्रसित छन् ।
 
गत कात्तिक २९ गते पनि हात्तीको आक्रमणबाट सरुुङ्गा नगरपालिका–४ का ७० वर्षीय गोपी चौधरीको ज्यान गएको थियो ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ