बुधबार, ०९ मंसिर २०८३

सुन तोलामा  छ हजार ५०० ले घट्याे


काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।  सुन तोलामा  छ हजार ५०० र चाँदी  १०५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ४१ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ४० कायम भएको छ । 

मङ्गलबार एक तोला छापावाल सुन रु दुई लाख ४७ हजार ९०० र एक तोला असली चाँदी रु तीन हजार १४५ मा कारोबार भएको थियो ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ