आइतबार, २५ जेठ २०८२

माधव नेपालले भने- मैले आजसम्म भ्रष्टाचार गरेकाे छैन


रौतहट । भ्रष्टाचार अभियाेगमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले मुद्दा दर्ता गरेपछि  नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको प्रतिक्रिया दिएका छन् ।

पार्टी कामको सिलसिलामा रौतहटमा रहेका नेपालले पार्टी कार्यालयमा जिल्ला नेताहरूसँगको भेटमा यस्तो बताएका हुन् ।

‘मैले आजसम्म कहिल्यै कुनै भ्रष्टाचार गरेको छैन । तर, मविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको समाचारहरू आएका छन् । त्यसैले म अब काठमाडौं जाँदैछु,’ नेपालले भने ।

उनले आफू सधैं सुशासनको पक्षमा अडिग रहेकाले कसैले भ्रष्टाचारी सिद्ध गर्न नसक्ने भन्दै कार्यकर्तालाई निराश नहुन आग्रह गरेको एक जिल्ला नेताले बताए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ