आइतबार, २५ जेठ २०८२

गृहमन्त्रीको राजीनामा माग्नुकाे तुक छैन : देउवा


महेन्द्रनगर (धनुषा) । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले  गृहमन्त्रीको राजीनामा माग गर्नु तर्कहीन रहेको बताएका छन् ।

कांग्रेसका स्व नेता ठाकुरप्रसाद ढुङ्गानाको ६२औँ स्मृतिसभा, सालिक अनावरण र उहाँका बारेमा लेखिएको पुस्तक विमोचन कार्यक्रमका लागि महेन्द्रनगर पुगेका देउवाले प्रतिपक्षी दललाई संसद् अवरोध नगर्न  आग्रह गरे । भिजिट  भिसा प्रकरणमा जाेडिएकाे भन्दै प्रमुख प्रतिपक्षी माओवादीलागयतका दलले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु पर्ने माग राख्दै आएका छन् ।

पूर्वराजा समर्थकले प्रदर्शन पनि अर्थहिन रहेको देउवाकाे भनाई थियाे ।

 जनकपुरधाम विमानस्थलमा आयाेजित पत्रकार सम्मेलनमा सभापति देउवाले राजावादीको आन्दोलन तुहिसकेकाले प्रदर्शन गर्नु अर्थहिन रहेको टिप्पनी गरे ।

 पूर्वराजा समर्थकले आन्दोलन गर्नु गणतन्त्र विरोधी गतिविधि भएकाले जनताको त्याग र सङ्घर्षबाट आएको गणतन्त्रविरुद्ध कार्य स्वीकार्य नहुने उहाँले उल्लेख गरे ।

    

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ