बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



अन्तराष्ट्रिय पर्वत संग्रहालयमा लाङटाङ दूत अशोक सिलवालको ‘एभरेस्ट’ उभियो
शुक्रबार, २२ जेठ २०८३

अन्तराष्ट्रिय पर्वत संग्रहालयमा लाङटाङ दूत अशोक सिलवालको ‘एभरेस्ट’ उभियो


अशोक सिलवालको ‘एभरेस्ट’ पोखरास्थित अन्तराष्ट्रिय पर्वत संग्रहालय (आईएमम)मा विमोचन भएको छ । 

‘एन अनफिनिस्ड स्टोरी’ सबटाइटल रहेको सिलवालकृत ‘एभरेस्ट’ ८ हजार मिटरभन्दा अग्ला विश्वकै ३ हिमाललाई पृष्ठभुमि पारेर माछापुच्छ्रे काखस्थित आईएमम परिसरमा विमोचन भएको हो । सहकर्मीहरुलाई साक्षी राखेर आईएममकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले ‘एभरेस्ट’ विमोचन गरेकी हुन् । 

‘रेकर्ड अनुसार विश्वका १ सय ५ देशका हिमाल, हिमाली जीवन र हिमाली संस्कृतिप्रेमी नागरिक यहाँ घुम्न आएका छन्’, म्युजियमको महत्व दर्शाउँदै लेखक र किताब दुवैलाई स्वागत गर्दै विमोचनक्रममा निर्देशक न्यौपानेले भनिन्, ‘यस्तो हिमाली तीर्थस्थलमा लाङटाङ दूतसमेत रहनुभएका सिलवालजीको एभरेस्ट विमोचन हुनु आफैमा एउटा विश्व रेकर्ड हो, लेखकलाई बधाई छ । नेपालको पर्यटन प्रवध्र्दनमा तपाईंको योगदान सधैँ स्मरणीय रहनेछ ।’  

‘एभरेस्टको यो माउन्टेन म्युजियम विमोचन हो’, लेखक सिलवालले भने । ‘सत्कार, सम्मान र शब्दले यस्तो बनाइदिनुभयो कि नबोल्ने भन्दाभन्दै पनि नबोली नहुने बनाइदिनुभयो’, सिलवालले थपे, ‘किताब र लेखकप्रति म्युजियमले देखाएको अपार प्रेमप्रति धन्यवाद ।’ त्यसक्रममा सिलवालले केही प्रति एभरेस्ट म्युजियमको लाइब्रेरीलाई हस्तान्तरण पनि गरे । ‘यो हिमाली विश्व तीर्थस्थलको हिस्सा हुन पाउँदा एभरेस्ट अभिनन्दित भएको छ’, सिलवालले खुशी व्यक्त गरे । 

यसअघि ‘एभरेस्ट’ लाङटाङ क्षेत्रको झन्डै ४ हजार मिटर उचाइमा रहेको अन्तिम गाउँ क्यान्जीङमा सार्वजनिक भएको थियो । ‘किताब संसारशीर सगरमाथाआधारित भए पनि यो भुईंतिरको यात्रा हो, अनुभव र अध्यात्मको यात्रा हो’, नेपाल गाइड सिलवालले भने । 

‘एभरेस्ट’ सिलवालको पाँचौं पुस्तक हो । सिलवालका यसअघि पत्रकारितालाई चिरफार गरिएको ‘कलम’, साहित्यका अन्तरकुन्तर खोतलिएको ‘लेखक दुनियाँ’, यात्राका तीतामीठा समेटिएको ‘श्रीलंका स्मृति’ र अध्यात्मकेन्द्रित कैलाश किताब ‘अप्प दीपो भवः’ प्रकाशित छन् । 

पर्यटन प्रशिक्षकसमेत रहेका स्वतन्त्र पत्रकार सिलवाल डकुमेन्ट्री निर्देशक पनि हुन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ