आइतबार, ०१ भदौ २०८२

कंगना भन्छिन्–बलिउडका नायक असभ्य


मुम्बई । बलिउड नायिका कंगना रनौतले बलिउडका अधिकांश पुरुष कलाकार संस्कारहिन भएको बताएकी छिन् । उनको भनाई अनुसार ति कलाकारको व्यवहारका कारण सेटमा अपमानजनक व्यवहार झेल्न परेको छ ।

राजनीतिज्ञ एवं नायिका कंगनाका अनुसार बलिउडका बहुसँख्यक नायक असभ्य छन् । सेटमा ढिला आउने, हिरोइनलाई सानो देखाउने आम पुरुषको चरित्र भएको भन्दै आफुले निकै कम नायकसँग काम गरेकाले आफुले काम गर्ने क्रममा त्यस्तो भोग्न नपरेको दावी गरिन् । कंगनाले पछिल्लो समय ‘इमर्जेन्सी’ मा काम गरेकी थिइन् । उक्त फिल्मको निर्माता निर्देशक उनी आफैं थिइन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ