आइतबार, ०१ भदौ २०८२

कांग्रेसनिकट ‘गुण्डा नाइके’ राजु गोर्खाली पक्राउ


काठमाडाैँ। गुण्डा नाइके राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले गोर्खालीलाई काठमाडाैँको चन्द्रगिरी क्षेत्रबाट आइतबार पक्राउ गरेकाे हाे।

प्रहरीका अनुसार १० करोड रुपैयाँको चेक बाउन्सको गरेकाे आरोपमा उनलाई पक्राउ गरिएको हाे। उनलाई पक्राउ गरेर भद्रकालीस्थित हिरासतमा लगिएकाे छ।

गोर्खाली नेपाली कांग्रेसनिकट गुण्डा नाइके हुन्। उनी यसअघि पनि गुण्डागर्दीको आरोपमा पटक पटक पक्राउ पर्दै रिहा हुँदै आएका थिए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ