आइतबार, ०१ भदौ २०८२

सञ्चालनमा आयाे नारायणगढ–मुग्लिन सडक


चितवन। पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। आज बिहान ९ः३० बजे खसेको पहिरो पन्छाएपछि अहिले दिउँसो १ बजेदेखि सडक पुनःसञ्चालनमा आएको हो। 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार आज बिहान ४ः२० बजे गएको पहिरो ८ बजे पन्छाएर सडक सञ्चालनमा ल्याइएको थियो।

इच्छाकामना गाउँपालिका–५ तुइँनखोला नजिकै पहिरो खसेर सडक अवरुद्ध भएको थियो। पहिरो पन्छाएसँगै सवारी आवागमन सुरु भएको उनले जानकारी दिए।

आवागमन सुरु भएपछि रोकिएका सवारीसाधनहरू गन्तव्यमा जान थालेका छन्। यस स्थानमा अन्य समयमा पनि ढुङ्गा खस्दै आएकाले सतर्कताका साथ यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ