- भदौ ०१, २०८१
काठमाडौं । इरानले अमेरिका र इजरायलसँगको लडाइँबाट पछि नहट्ने अडान कायम राखेको छ । अमेरिका–इजरायलले गरेकाे संयुक्त आक्रमणको क्षतिपूर्ति नभएसम्म युद्ध जारी रहने इरानले बताएकाे छ ।
ट्रम्पले इरानमा पाँच दिनका लागि आक्रमण स्थगित गरेको घोषणा गरेपछि इरानको सो भनाइ सार्वजनिक भएको हो ।
इरानका सर्वोच्च नेता मोज्तबा खामेनीका वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रजाईले एक टेलिभिजनमार्फत् युद्धको क्षतिपूर्ति नभएसम्म लडाइँ जारी राख्ने बताएका हुन् ।
उनले इरानमाथि लगाइएका सबै आर्थिक प्रतिबन्ध हटाइनुपर्ने र भविष्यमा अमेरिकाबाट कुनै हस्तक्षेप नहुने ठोस ग्यारेन्टी हुनुपर्ने पनि बताएका छन् ।
इरानी सेना पूर्ण क्षमताका साथ लडिरहेको बताउँदै उनले नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको नेतृत्वमा देशलाई मजबुत रुपमा सम्हालिरहेको बताएका छन् ।
रजाईका अनुसार यो युद्ध एक हप्ताभित्रै समाप्त हुन सक्थ्यो, तर इजरायलका कारण लम्बिएको हो । उनले भनेका छन्– अमेरिका युद्धविरामका लागि तयार थियो र संघर्ष अन्त्यतर्फ अघि बढिरहेको थियो । तर इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आक्रमण जारी राख्न जोड दिएपछि युद्ध लम्बिएको हो ।
टिप्पणीहरू: