- असार ०७, २०८०
काठमाडौँ । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट अत्यधिक बल प्रयोग भएका सम्बन्धमा सरकारले छानबिन गर्ने बताएका छन् ।
गृहमन्त्रालयमा आज पदबहाली गर्दै उनले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन वर्तमान सरकार गठन भएको बताए । गृहमन्त्रालयमा आज पदबहालीपश्चात् सञ्चारकर्मीसँग उहाँले निष्पक्ष निर्वाचन गर्ने मूल कार्यभार लिएर सरकार गठन भएको स्पष्ट पारे ।
मन्त्री अर्यालले निर्वाचनसँगै आन्दोलनका क्रममा क्षतिग्रस्त भएका संरचना निर्माण सरकारको प्राथमिकतामा रहेको बताए ।
“विद्रोहबाट विस्थापित भएकाको फेरि पुनरागमन हुने अवस्था रहेछ, जनताले ‘म्यान्डेड’ दिनहुन्छ भने पनि त्यसका लागि निर्वाचनमै जानुपर्छ”, मन्त्री अर्यालले भने, “जसले नयाँ जनविद्रोह गर्नुभयो र अहिले यो अवस्था आयो । अब जनविद्रोहमा सफल हुने पनि त्यसको पूर्ण रुपमा पुष्टि निर्वाचनबाट गर्नुपर्नेछ ।”
टिप्पणीहरू: