मङ्गलबार, २४ भदौ २०८२

कास्कीमा अनिश्चिकालिन कर्फ्यू आदेश जारी


काठमाडौं । सरकारविरुद्ध जेनजीको गरेकाे आन्दोलन भड्किएपछि कास्कीमा कर्फ्यू आदेश जारी गरेको छ ।

आन्दोलनकारीले गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा आगजनी प्रयास गरेका थिए । सोक्रममा प्रहरीले अश्रुग्यास र पानीको फोहरा हानेको थियो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभसम्मका लागि शहीद चोक आसपासको क्षेत्रमा कर्फ्यू आदेश जारी गरेकी छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ