बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



‘राजनीतिक दलमा एकता नभए देश दिनप्रतिदिन कमजोर हुँदै जान्छ’
शुक्रबार, २२ जेठ २०८३

‘राजनीतिक दलमा एकता नभए देश दिनप्रतिदिन कमजोर हुँदै जान्छ’


काठमाडौँ। राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले निर्वाचनले राष्ट्रिय एकता निर्माण गर्न महत्वपूर्ण भमिका खेल्नुपर्ने बताएका छन्।

यतिबेला मुलुकमा एकताको आवश्यकता भएकाले सबै राजनीतिक दलहरु र सबै सांसदहरु मिलेर राजनीतिक दलमा एकता नगर्ने हो भने देश दिनप्रतिदिन कमजोर हुँदै जाने बताए।

आज बसेको राष्ट्रियसभाको बैठकमा सदस्य सिटौलाले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनको सन्दर्भमा शुभकामना दिँदै भने, ‘सबै जनताको भावना सम्बोधन गर्न सक्ने ताकत भएको सरकार आओस् भन्ने आग्रह गर्छु । जुन विगतका सरकारमा देखिएको थिएन।’

यसका लागि हरेक राजनीतिक दलमा पनि एकता चाहिएको छ र समग्र राजनीतिक दलहरुमा पनि एकता जरुरी रहेको सदस्य सिटौलाको भनाइ थियो।

यस्तै सदस्य बेदुराम भुसालले विगतको राजनीतिक गतिविधि र सरकारको कार्य सम्पादनको समीक्षा गर्दै आगामी सरकार कस्तो आउनेबारे धारणा राखे।

‘सबैभन्दा पहिलो प्रश्न यो सरकारले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउन सक्छ कि सक्दैन? त्यो गम्भीर प्रश्न अहिले देखापरेको छ’, उनले भने।

साथै नेपाली जनताले कस्ता प्रतिनिधि छान्ने भन्ने प्रश्न पनि यतिबेला खडा भएको सदस्य भुसालले प्रस्ट पारे।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ