- असार ०६, २०८०
काठमाडौँ । धादिङ क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी आशिका तामाङले उम्मेदवारी फिर्ता नलिएको बताएकी छन् ।
उनले उम्मेदवारी फिर्ता लिन लागेकाे हल्ला समाजिक सञ्जालमा भएपछि उनले फिर्ता नलिने बताएकी हुन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले धादिङ-१ बाट उम्मेदवारी दिएकामध्ये ईश्वर भारतीबाहेक कसैले पनि फिर्ता नलिएको जानकारी दिए ।
टिप्पणीहरू: