- असार ०६, २०८०
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेकाे जानकारी दिँदै कानूनभन्दा माथि कोही नहुने बताएका छन् ।
ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि स्टाटस लेख्दै उनले यो प्रतिसोध नभएर न्यायको सुरुवात भएको बताएका छन् ।
‘PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ’, उनले लेखेका छन्, ‘यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो ।’
उनले अब देशले नयाँ दिशा दिने पनि बताएका छन् ।
टिप्पणीहरू: