- असार ०६, २०८०
काठमाडौँ । गोरखापत्र संस्थानको महाप्रवन्धकमा हिक्मत बहादुर रावल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले रावललाई महाप्रबन्धक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पाेखरेलले जानकारी दिए ।
रावल २ दशकदेखि पत्रकारितामा सक्रिय छन् ।
त्यस्तै बैठकले नेपाल प्रहरीमा कार्यरत ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरुलाई सरुवा गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा देवराज ढुंगाना नियुक्त भएका छन् । जाे सरकारले ल्याएकाे अध्यादेश मार्फत पदमुक्त भएका थिए ।
टिप्पणीहरू: