बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



एकै दिन बाह्र हजार पाँच सयले घट्याे सुन
शनिबार, २३ जेठ २०८३

एकै दिन बाह्र हजार पाँच सयले घट्याे सुन


काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा रु  १२ हजार ५०० र चाँदी रु ३५५ ले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५४० कायम भएको छ । 

गत शुक्रबार एक तोला छापावाल सुन रु दुई लाख ९४ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ८९५ कायम भएको थियो । अघिल्लो दिन प्रतितोला सुन रु तीन लाख दुई हजार ३०० र प्रतितोला चाँदी  रु पाँच हजार १० मा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ