- भदौ ०२, २०८१
नयाँ दिल्ली । भारतको बिहार र उत्तर प्रदेश बाढीको चपेटामा परेको छ । बिहारको ७ जिल्लाका १० लाख बढी प्रभावित भएका छन् ।
गंगासहित बिहारको १० नदीले खतराको सूची पार गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ । अहिलेसम्म बाढीमा परेर ११ जनाको मृत्यु भएको छ ।
उत्तर प्रदेशमा पनि उस्तै अवस्था छ । बाढीले कयौं गाउँ जलमग्न भएका छन् । स्थानिय बयलगाढा मार्फत सुरक्षित स्थान खोज्दै हिँडेको सञ्चारमाध्यमले जनाएको छ । पछिल्लो २४ घन्टामा उत्र प्रदेशको ५४ जिल्लामा ५.९ मिलिमिटर वर्षा भएको छ । हिमाचल प्रदेशमा बाढीकै कारण ३६० भन्दा बढी सडक अवरुद्ध भएको छ ।
टिप्पणीहरू: