शनिबार, १२ वैशाख २०८३

बालेन क्याबिनेटमा पाँच जना महिला मन्त्री


काठमाडाैं । बालेन शाह नेतृत्वको सरकारमा ५ जना महिला मन्त्री बनेका छन्। चितवन ३ बाट निर्वाचित सोविता गौतमलाई कानूनमन्त्रीको जिम्मेवारी दिइएको छ। 

त्यस्तै प्रतिभा रावल सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हुने भएकी छिन् ।  कृषिमा गीता चौधरी, महिला तथा बालबालिकामा सीता वादी र स्वास्थ्य तथा जनसङ्ख्यामा निशा मेहता मन्त्री बनेका छन्।

मन्त्रिपरिषद्मा महिलाहरूको उल्लेख्य संख्या नेपालकै इतिहासमा यो पहिलो हो ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ