- असार ०६, २०८०
काठमाडाैं । मुलुकभर उम्मेदवारहरुले मनाेनयन दर्ता गर्दै गर्दा सेयर बजारमा सकारात्मक प्रभाव परेकाे छ ।
मंगलबार नेप्से सूचक ४२.२६ अंकले बढेर २७१४.८१ विन्दु कायम भयाे ।
आज सेयरबजारमा सूचकमा उछालसँगै कारोबार रकम पनि बढेको छ। यस दिन कुल ११ अर्ब ८५ करोडको किनबेच भएको छ।
मंगलबार २२४ कम्पनीकाे सेयरको मूल्य बढ्दा ३१ वटाको घटेको र ५ वटाको आइतबारकै मूल्यमा कारोबार भएको छ। यस दिन गोर्खाज फाइनान्स १० प्रतिशत, आँखुखोला जलविद्युत् ८.१३ प्रतिशत, राप्ति हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन ७.८७ प्रतिशत, नेशनल हाइड्रोपावर ७.३२ प्रतिशत र एनआरएन इन्फ्रास्ट्रक्चर ७.०४ प्रतिशतले बढेका छन्।
सर्वाधिक कारोबार गरेको एनआरएन इन्फ्रास्ट्रक्चरको ४० करोडको, राधी विद्युतको ३९ करोडको, मञ्जुश्री फाइनान्सको ३७ करोडको, ग्रिन भेन्चर्स ३० र एसवाई प्यानलको २६ करोडको किनबेच भएको छ।
टिप्पणीहरू: