शुक्रबार, ०९ माघ २०८२

रवि लामिछानेसँग पर्सा अदालतले माग्याे एक कराेड धराैटी


काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत पर्साले १ करोड धरौटी माग गरेको छ ।

अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार उनीसँग अदालतले १ करोड धरौटी माग गरेको हो ।

सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

उक्त मुद्दामा न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले धरौटी माग गर्ने निर्णय गरेकाे हाे । लामिछाने आजै अदालतमा तारेखका लागि पुगेका थिए । अदालतबाट लामिछाने चितवनमा उम्मेदवारी दर्ता गर्न गएका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ