मङ्गलबार, २० साउन २०८२

धनकुमारी ‘सरु’ भन्छिन् : टिकटकबाट सकारात्मक सन्देश प्रवाह गर्न सकिन्छ


काठमाडौं । अहिले गायिका कम समाजसेवी धेरै जस्तो बनेको छ धनकुमारी थापा ‘सरु’को परिचय । उनी गायिका सरुको स्वर रहेको ‘टिकटकले भाइरल बनायो’ गीत अहिले बजारमा आएको छ ।

हाँस्य कलाकार किरण केसी ‘रातामकै’ र दिपाश्री निरौलाको अभिनय गरेको गीतको भिडियो युट्युबाट सार्वजनिक गरिएको छ । औपचारिक कार्यक्रम गरेर सार्वजनिक गरिएको समारोहमा प्रमुख अथिति बरिष्ठ गायक बमबहादुर कार्कीले गीतको शब्द, सङ्गीत र अभिनयको तारिफ गरे ।

गायिका थापा ‘सरु’ले टिकटकलाई गलत प्रयोग गर्नेहरुप्रति सचेत रहन आग्रह गर्दै समाजका लागि सन्देश प्रवाह गर्ने सकारात्मक प्लेटफर्म बनाउन जरुरी रहेको बताइन् । तीज पर्वलाई शिष्ट एवम मर्यादित रूपमा मनाउन सन्देश प्रवाह गर्ने गरी गीत तयार गरेको उनको भनाई थियो । 

धनकुमारी थापा ‘सरु’ र मनोजसिंह धामीको स्वरमा रहेको गीतको शब्द  धामीकै संगीत रहेको छ । प्रकाश भट्टको निर्देशनमा बनेको भिडियोमा दिपाश्री निरौला, किरण केसी, धनकुमारी थापा, मनोजसिंह धामीलगायतका कलाकारले अभिनय गरेका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ