शुक्रबार, ०९ माघ २०८२

गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर कांग्रेस चुनावमा जाने


काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्ने भएको छ ।

शुक्रबार पार्टी कार्यालय सानेपामा बस्ने केन्द्रीय समितिको बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा जाने निर्णय भएको हो ।
भोलि १ बजे सानेपामा बैठक बस्ने भएको छ । कांग्रेसले आगामी १० गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । घोषणापत्रमा सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा पार्टी होमिने एक नेताले बताए ।

सभापति थापाको नेतृत्वमा नै अहिले कांग्रेसले घोषणापत्र लेखिरहेको छ । विषेश महाधिवेशन मार्फत सभापति भएका गगन थापा सभापति भएपछि पहिलो पटक पार्टी कार्यालय जान लागेका हुन् । थापा सभापति भए लगत्तै नेपाली कांग्रेस देउवा निकट तरुण दलका कार्यकर्ताले पार्टी कार्यालय घेरेका थिए । निर्वाचन आयोगले थापालाई वैधानिकता दिएसँगै अहिले देउवा समुह पनि चुनावमा कांग्रेस जिताउने अभियानमा लागेको छ । सभापति थापा सर्लाहीबाट उम्मेदवार बनेका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ