- असार ०६, २०८०
काठमाडौं । सरकारले प्रहरी महानिरिक्षक दानबहादुर कार्कीलाई कारवाही नगरिएको बताएको छ । शिक्षामन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले कार्कीको जिम्मेवारी हेरफेरमात्र गरिएको बताए ।
मन्त्रिपरिषद बैठकले प्रहरी महानिरिक्षक कार्कीलाई हटाएकाे विषयमा पत्रकारले साेधेकाे प्रश्नकाे जवाफ दिँदै मन्त्री पाेखरेलले आइजीपी कार्कीलाई जिम्मेवारीबाट हटाएकाे नभएर जिम्मेवारी हेरफेर मात्र गरिएको जानकारी दिए ।
सरकारले कार्कीलाई हटाएर एआईजी डा. मनोज केसीलाई आइजीपी बनाउने निर्णय गरेकाे छ ।
टिप्पणीहरू: