शुक्रबार, २६ मंसिर २०८२

चौथो पटक मन्त्रिपरिषद् विस्तार, ४ मन्त्रीले लिए शपथ


काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वकाे सरकारमा चौथो पटक मन्त्रिपरिषद् विस्तार भएकाे छ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीकाे सिफारिसमा शुक्रबार मन्त्रिपरिषद् गठन गरेका हुन्।

जसअनुसार कार्की नेतृत्वकाे सरकारमा चार जना मन्त्री थपिएका छन्। गत भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्को सङ्ख्या आजको विस्तारसँगै १४ पुगेको छ।

शुक्रबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले कुमार इमनाङ, राजेन्द्रसिंह भण्डारी, माधव चौलागाईं र श्रद्धा श्रेष्ठलाई  पद तथा गोपनीयताको शपथ गराएका छन्।

इमनाङलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय,  भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, चौलागाईंलाई वन तथा वातावरण मन्त्रालय र श्रेष्ठलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि भदौ २७ गते प्रधानमन्त्री कार्कीको नेतृत्वमा गठित मन्त्रिपरिषद् यसअघि गत भदौ ३०, असोज ६ गते र कात्तिक ९ गते विस्तार भएको थियो।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ