बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



कांग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलकाे उम्मेदवारी
शुक्रबार, २२ जेठ २०८३

कांग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलकाे उम्मेदवारी


काठमाडौँ। नेपाली कांग्रेसको महामन्त्री पदमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएका छन्।

आइतबारदेखि भृकुटीमण्डपमा जारी कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा बुधबार महामन्त्री पदका लागि शर्मा र पौडेलले उम्मेदवारी दर्ता गराएका हुन्।

महामन्त्रीका लागि हालसम्म दुई जनाको मात्रै उम्मेदवारी परेकाे कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। सभापतिमा भने गगन थापाको एकल उम्मेदवारी परेको छ।

उम्मेदवार मनोनयनको काम सकिएलगत्तै निर्वाचनको अन्य काम अगाडि बढाइने निर्वाचन समितिले जनाएको छ।

पार्टीको पुरानै विधानअनुसार हुनलागेको निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक सय २१ सदस्य पदमा मतदान हुनेछ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ