आइतबार, २५ जेठ २०८२

शिक्षक आन्दाेलनमा प्रहरीले हस्तक्षेप गर्दा २६ जना घाइते


फाइल तस्विर

काठमाडौँ । काठमाडौँको नयाँ वानेश्वरस्थित सडकमा आन्दोलन गरिरहेका शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेपछि भएको झडपमा शिक्षक, पत्रकार र प्रहरीसहित २६ जना घाइते भएका छन् ।

विगत २६ दिनदेखि आन्दोलन गरिरहेका शिक्षकले आज निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पानीकाे फाेहाेरा हानेकाे थियाे । सो क्रममा  ५ प्रहरी, एक पत्रकार र २० शिक्षक घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । घाइतेको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ