शुक्रबार, ०९ माघ २०८२

युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले महाधिवेशनमा कुनै पदमा उम्मेदवारी नदिने


काठमाडौँ। नेकपा एमालेका उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेका छन्।

११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपमा बसेकाे पार्टीको केन्द्रीय कमिटी बैठकमा उनीहरूले महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेका हुन्।

७० वर्षे उमेर हदको वकालत गर्दै ज्ञवाली र शाक्यले महाधिवेशनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका हुन्।


 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ