- भदौ १२, २०८१
काठमाडाैं । साहित्यकार डा नीलम कार्की निहारिकालाई सरकारले योगमाया राष्ट्रिय पुरस्कार २०८१ प्रदान गर्ने घोषणा गरेको छ । उक्त पुरस्कारको राशी एक लाख नेपाली रुपैया रहेको छ ।
उनले योगमाया उपन्यासमा मदन पुरस्कार २०७४ मा प्राप्त गरेकी थिइन् । उनी अमेरिकामा रहेर पनि निरन्तर साहित्य सेवामा समर्पित छिन् ।
याे पुरस्कार संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत माननीय मन्त्रिस्तरबाट २०८२ बैशाख ७ गते निर्णय भएको सहसचिव एवं प्रवक्ता रामकृष्ण लामिछानेद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
उनकाे बेली, चीरहरण, याेगमाया, द्राैपदी अवशेषलगायतका पुस्तक प्रकाशित छन् ।
टिप्पणीहरू: