- असार ०६, २०८०
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रिहाइ गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ।
गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै ओलीकी श्रीमती राधिका शाक्यले आइतबार सर्वोच्चमा रिट दायर गरेकी हुन्।
सर्वोच्च प्रशासनका अनुसार उक्त रिट सोमबार सुनुवाइका लागि पेसी तोकिएको छ।
गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका लागि ओलीलाई शनिबार बिहान पक्राउ गरिएको थियाे।
टिप्पणीहरू: