- असार ०६, २०८०
काठमाडौँ। मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएकाे छ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध ७४ जना प्रदेश सांसदको हस्ताक्षरसहित एमाले बाहेकका दलहरुले मंगलबार सर्वोच्चमा रिट दर्ता गराएका हुन्। उक्त रिट निवेदनको पेसी बुधबारकाे लागि तोकिएको छ।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी केन्द्र संसदीय दलका उपनेता युवराज भट्टराई, लोसपा संसदीय दलका नेता जयलुन राइन्सहितका नेता सर्वोच्च पुगेर रिट दर्ता गराएका हुन्।
नेपालको संविधानको धारा १६८ को उपधारा–२ बमोजिम कांग्रेससहित ७ दल अदालत पुगेका हुन्।
यसअघि लोसपाका नेता जितेन्द्रप्रसाद सोनलले विश्वासको मत लिन नसक्ने वातावरण सिर्जना भएपछि प्रदेश मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका थिए। मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले साेमबार बिहानै एमाले नेता यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेपछि कांग्रेससहितका ७ राजनीतिक दल उक्त कदमको विरोधमा कानुनी लडाइँमा उत्रिएका हुन्।
टिप्पणीहरू: