बिहिबार, २५ मंसिर २०८२

सभामुखकाे राजीनामा माग्दै मधेशमा प्रदर्शन


काठमाडाैं। मधेश प्रदेश भवन अगाडि सात दलका नेता कार्यकर्ताले प्रदर्शन गरेका छन् । उनीहरूले मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलको राजीनामा माग्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा नेकपा एमालेबाहेकका सबै पार्टीका सांसद र नेता कार्यकर्ता सहभागी छन् ।

मधेश भवनअगाडि प्रदर्शनसँगै टायर बालिएको छ । संविधानको धारा १६८ (२) अनुसार सरकार बन्ने अवस्था हुँदा पनि एमालेका लागि धारा १६८ (३) अनुकूल बनाउने काम गरेको भन्दै दलहरूले सभामुखको राजीनामा मागेका हुन् ।

मधेशमा एमालेको सभामुखसहित २५ सदस्य छ । यसमा एक सदस्य निलम्बनमा छन् । ठूलो दलको हैसियतले धारा १६८ को उपधारा ३ अनुसार मधेशमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव सोमबार बिहान मुख्यमन्त्री भएपछि सात दलको प्रदर्शन सोमबारदेखि नै जारी छ ।

यसैबीच सरकारले मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पदमुक्त गरेकाे छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ