- असार ०६, २०८०
काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले सर्वोच्च अदालतमा दायर गरेको रिट दर्ता भएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार रिट आज दर्ता भएको हो ।
उक्त रिटको पेशी पुस २ गतेका लागि तोकिएको कोइरालाले जानकारी दिए ।
प्रतिनिधिसभा पुनर्स्थापनको माग गर्दै कांग्रेसले शुक्रबार सर्वोच्चमा रिट दायर गरेको थियो ।
तत्कालिन सत्ता साझेदार नेकपा एमालेले यस अघि नै प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै रिट दर्ता गरिसकेकाे छ ।
टिप्पणीहरू: