बुधबार, ०४ भदौ २०८२

प्रचण्ड रविलाई किन भेट्न जान लागे ?


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भेट्न नख्खु जाने भएका छन् ।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार प्रचण्ड बुधबार साँझ ६ बजे सभापति लामिछाने भेट्न नख्खु कारागार जाने भएका हुन् ।

सहकारी ठगी आरोपमा भैरहवा कारागारमा रहेका रास्वपा सभापति लामिछानेलाई गत शनिबार ललितपुरको नख्खु कारागारमा स्थान्तरण गरिएको थियो ।

सत्ता साझेदार दल कांग्रेस-एमालेले उपसभामुख इन्दिरा रानालाई हटाउनका लागि हस्ताक्षर अभियान सुरु गरेकाेमा प्रमुख प्रतिपक्ष माओवादीलगायतका दलले आपत्ति जनाएका छन् । नेपाली राजनीतिकाे पछिल्लाे घटनाक्रमबारे रवि र प्रचण्डबारे छलफल हुने प्रचण्ड निकट स्राेतले जनाएकाे छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ