बिहिबार, ०५ भदौ २०८२

कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएका नेपालीका लागि के गर्दैछ सरकार ?


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले कुवेतमा विषाक्त मदिरा सेवनबाट ज्यान गुमाएका नेपालीको शव स्वदेश फिर्ताको प्रक्रिया र उपचाररत कामदारको स्वास्थ्य अवस्थाबारे सदनमार्फत जानकारी गराउन माग गरेका छन् । बैठकको आकस्मिक समयमा सांसदहरूले कुवेतमा विषाक्त मदिरा सेवनबाट बिरामी परेका नेपालीको अवस्थाबारे जानकारी गराउन माग गरेका हुन् ।

सांसद रमा कोइराला पौड्यालले कुवेतमा विषादीयुक्त मदिरा सेवनबाट १२ जनाको निधन भएको र केही व्यक्ति सघन उपचारकक्षमा उपचाररत रहेका बताउँदै यो घटनाबारे सरकारले सदनलाई विस्तृत जानकारी गराउनुपर्ने माग गरिन् । यो घटनापछि त्यहाँको सरकारले कामदारमाथि धरपकड सुरु गरेको समाचारहरू पनि बाहिरिएकाले नेपालीको अवस्था के छ भनेर सरकारले सोधीखोजी गर्नुपर्ने उनको भनाइ छ । त्यस्तै, विदेश जाने श्रमिकलाई दिइने अभिमुखीकरण तालिम पर्याप्त नरहेको सांसद पौड्यालले बताइन्।

सांसद जनार्दन शर्माले कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएकाहरूको शव नेपाल ल्याउनका लागि भइरहेका प्रक्रिया र उपचाररतहरूको स्वास्थ्य अवस्थाबारे संसद्मा जानकारीका लागि आग्रह गरे । 

विषाक्त मदिरा सेवनकाे कारण अहिलेसम्म १३ जना नेपालीकाे मृत्यु भएकाे छ भने केहीकाे अस्पतालमा उपचार जारी छ । कुबेतमा मदिरा प्रतिबन्ध भएकाले मदिरा सेवनका कारण बिरामी भएकालाई अस्पतालबाट डिस्चार्ज भए लगत्तै देश निकाला गर्ने भएकाे छ ।

 

  

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ