आइतबार, ०७ मंसिर २०८२

सुदन गुरुङ र सम्राट उपाध्यायलाई कार्वाही नगरे परिस्थितिजन्य प्रतिरोध गर्ने भोलेन्टियर फोर्सकाे चेतावनी


काठमाडाैं ।  नेकपा (एमाले) निकट नेशनल भोलेन्टियर फोर्सले जेनजी अगुवा र सम्राट उपाध्यायलाई सरकारले कारबाही नगरे परिस्थितिजन्य प्रतिरोध गर्ने चेतावनी दिएको छ।

आइतबार विज्ञप्ति जारी गर्दै फोर्सका संयोजक पुष्पराज श्रेष्ठले जेनजी आन्दोलन अपहरण गर्ने गुरूङ र भदौ २४ गते नेताहरूका घरमा आगजनीमा संलग्न उपाध्यायले धाकधम्कीको भाषा बोल्ने, अराजक गतिविधि गरिरहेकाले कारबाहीको दायरामा ल्याउन माग गरेका हुन्।

‘हिजो जेनजी आन्दोलनको ह्याइज्याकर तथा योजनाकार कथित नेता भनिने सुदन गुरुङ लगायत अराजकहरूको समूहले पार्टी कामको सिलसिलामा काठमाडौंमा रहेका पूर्वमन्त्री तथा एमालेका नेता किसान श्रेष्ठको जितपुर सिमरा–४ औराहामा रहेको घरमा पुगेर गुण्डागर्दी शैलीमा परिवारका सदस्य तथा पुनर्निर्माणमा खटिएका कामदार धम्काएकोप्रति हाम्रो संगठनको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘भाद्र २३ र २४ गतेको जेन जी आन्दोलनको क्रममा सरकारी कार्यालयदेखि लिएर निजी घरमा आगजनी गर्ने घटनाका मुख्य योजनाकार सम्राट उपाध्याय अहिले पनि खुलेआम हिँडिरहेका छन्।’

सुशीला कार्की नेतृत्वको सरकारले उनीहरूलाई कारबाही गर्नुको सट्टा संरक्षण गरिरहेको फोर्सको आरोप छ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ