- असार ०७, २०८०
काठमाडौं । पत्रकार दिपेन्द्र खनिया मृत फेला परेका छन् । उनी रेडियो अडियोका संस्थापक हुन् ।
बानेश्वरस्थित निवासमै उनकाे शव भेटिएकाे थियाे
खनिया रेडियो पत्रकारितामा स्थापित व्यक्ति हुन् । कम्युनिकेशन कर्नर, रेडियो सगरमाथालगायतमा काम गरेका खनियाले २०६३ सालदेखि हास्यव्यंग्य रेडियो सञ्चालन गरेका थिए ।
उनको मृत्युको अन्य कारण अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आइतबार दिउँसो आफ्नै घरको भर्याङको रेलिङमा पासो लागेको अवस्थामा उनको शव फेला परेको हो ।
टिप्पणीहरू: