- भदौ ०२, २०८१
काठमाडाैं । चर्चित गायिका विष्णु माझीको नयाँ गीत ‘म त नराउरी’ सार्वजनिक भएको छ।
विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि माझीले तीज पर्वको पूर्वसन्ध्यामा नयाँ गीत सार्वजनिक गरेकी हुन्।
गीतको रचनाकार, संगीतकार तथा निर्देशक उनका श्रीमान् सुन्दरमणि अधिकारी रहेका छन् । मौसम हिमालीको कोरियोग्राफी रहेकाे गीतमा
ललिताले अभिनय गरेकी छिन् । ललिता माझीकाे गीतकाे नियमित माेडल हुन् ।
माझीकाे गीतमा नारीकाे वेदना समेटिएकाे छ । तीन वर्ष अघि सार्वजनिक माझीकाे गीत 'चरी जेलैमा' निकै चर्चित थियाे । यसपालीकाे उनकाे गीत ठिकैकाे छ । अन्य गायक गायिकाले राम्राे गीत नल्याएकाले यसपाली धेरै चर्चा यही गीतले पाउने सम्भावना छ ।
युट्युमा राखेकाे तीन घन्टामै १ लाख बढी दर्शकले हेरिसकेका छन् भने तीन हजार पाँच सय बढी कमेन्ट आएकाे छ । कमेन्टमा गीतकाे प्रसंसा गर्नेहरु धेरै छन् ।
टिप्पणीहरू: