- असार ०७, २०८०
काठमाडौं । पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले बानेश्वर थापागाउँस्थित लाखेचौर मार्गमा सम्पर्क कार्यालय उद्घाटन गरेकी छन् ।
एमालेले नवीकरण भएकाे सदस्यता खारेज गरेपछि भण्डारीले ‘मदन भण्डारीको हीरक जयन्ती मूल व्यवस्थापन समिति’ को यही कार्यालयमार्फत् राजनीतिक गतिविधि अघि बढाउन लागेकी हुन् ।
उद्घाटन समारोहमा एमालेका तीन पदाधिकारी सहभागि छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली पुगेका हुन् ।
व्यवस्थापन समितिका संयोजक पूर्वमुख्यमन्त्री डोरमणि पौडेललगायतका एमालेका नेता कार्यकर्ताको बाक्लो उपस्थिति छ ।
टिप्पणीहरू: