- असार ०६, २०८०
काठमाडाैं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्भावित चुनौतीका बाबजुद मनोबल कमजोर नबनाउन आग्रह गरेका छन्।
पूर्वराष्ट्रपति भण्डारीको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै पोखरेलले जननेता मदन भण्डारीले सुरु गरेको विचारको शुद्धीकरणलाई निरन्तरता दिनुपर्ने बताए।
उनले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) लाई ‘मौसमी’ भनेर बुझ्न नहुने स्पष्ट पार्दै उनले भने, ‘टोपी लगाउने मात्रै विचारका संवाहक होइनौँ, जबजलाई व्यवहारमा उतार्न सक्षम हुनु पर्दछ ।’
उनले मदन भण्डारीले ल्याएको जनताको बहुदलीय जबजको विचार कुनै मौसमी र चटके हिसाबले नआएको बताए ।
टिप्पणीहरू: