बुधबार, ०४ चैत २०८२

इलाम–२ मा एमालेका सुहाङ नेम्बाङको अग्रता


इलाम। प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा इलाम क्षेत्र नं २ मा दिउँसो ३ः३० बजेसम्मको प्राप्त मतपरिणामअनुसार नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले ४९१ मत प्राप्त गरी सुरुआती अग्रता लिएका छन्।

त्यसैगरी श्रम संस्कृति पार्टीका सुदीप राईले ४४१ मत प्राप्त गरी पछ्याउँदै छन्। नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले २१० मत प्राप्त गरी तेस्रो स्थानामा छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राईले १७१ मत र नेपाली कम्युनिष्ट पार्टीका ओम गुरुङले ५१ मत प्राप्त गरेको निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिएका छन्।

एक लाख १९ हजार ४८९ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा ३३ हजार ४९ महिला, ३३ हजार ८८५ पुरुष र एक जना अन्य मतदाताले मतदान गरेका थिए। उक्त निर्वाचन क्षेत्रमा एक स्वतन्त्रसहित १३ दलका १४ उम्मेदवार प्रत्यासी छन्। मतगणना इलाम सदरमुकामस्थित राष्ट्रियसभा गृहमा भइरहेको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ