बुधबार, १९ कात्तिक २०८२

एमाले नेता पासाङ शेर्पा पक्राउ


काठमाडौं । एमाले केन्द्रीय सदस्य पासाङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । बहुविवाह सम्बन्धी मुद्दामा सजाय भुक्तान गर्न बाँकी रहेकाले पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता एस.पी. पवन भट्टराईले बताए ।

पासाङकी जेठी श्रीमती करिश्माले जिल्ला अदालत काठमाडौँमा शेर्पाविरूद्ध मुद्दा दायर गरेकी थिइन् । अदालतद्वारा दोषी ठहर शेर्पालाई एक वर्ष कैद र ५ हजार जरिवाना सजाय सुनाइएको थियाे । त्यसविरुद्ध उच्च अदालत गुहारेका शेर्पाकाे पुनरावेदन उच्चले समेत सदर गरेकाे थियाे ।

उनकाे बहुविवाहकाे बारेमा एमाले सचिवालय बैठकमा पनि कुरा उठेकाे थियाे तर, अध्यक्ष केपी शर्मा ओलीले सामान्य भनेर टिप्पणी गरेका थिए । अदालतले दाेषी ठहर गरे पनि तत्कालिन सत्ताकाे आडमा उनी पक्राउबाट जाेगिँदै आएका थिए । उनी अध्यक्ष ओलीका विश्वासपात्र मानिन्छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ