बुधबार, १९ कात्तिक २०८२

आठवटा कम्युनिष्ट पार्टीबीच आज एकता घाेषणा हुने


काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ९ वटा दल र समूहबीच आज एकता घोषणा हुने भएकाे छ ।

एकतामा सहभागी दलहरुले आज दिउँसो १ बजे भृकुटीमण्डपमा सभा गरेर एकता घोषणा गर्न लागेका हुन् ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लवबाट छुट्टिएको नेकपा, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीबीच एकता हुन लागेको हो । गोपाल किराँती भने माओवादीसँगै मिसिएर एकतामा सहभागी भएका छन् ।

एकतापछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी राख्ने सहमति भएको छ । चुनाव चिह्न तारा प्रस्ताव गरिएको छ ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ