शनिबार, ३१ साउन २०८२

गाेकर्ण रिसाेर्टदेखि बिरेन्द्रकाे सम्पत्तिमा पनि एमालेले आँखा गाडेकाे छ : शेखर काेइराला


काठमाडौं । नेपाली कांग्रेसका नेता डा‍. शेखर कोइरालाले निजामती विधेयकमा कुलिङ पिरियड हटाउने खेल एमालेबाटै भएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै एमालेले निजामती विधेयकमा कुलिङ पिरियड समाप्त पार्ने खेल खेलेकाे आराेप लगाए ।

‘हामीले निजामती विधेयकमा कुलिङ पिरियड राख्नुपर्छ भनेर विधेयक बनायौँ तर त्यसलाई समाप्त गर्ने खेल एमालेबाट सुरु भयो। अहिलेसम्म त हामीले लुकायौँ अब लुकाउनुपर्ने छैन। अब लुकाउनुपर्ने आवश्यकता छैन। राष्ट्रियसभामा एमालेका सांसदहरूले कुलिङ पिरियडको पक्षमा संशोधन प्रस्ताव हालेको छ, माथिको निर्देशन भन्दै, एमाले त छलकपट गर्दो रहेछ। त्यसमा पनि विमति छैन।’ उनले भने ।

उनले अहिले भूमि सम्बन्धी विधेयक खाली जग्गा मास्ने गरी एमालेले ल्याएको उनकाे भनाई थियाे । उनले भने ‘जहाँ खाली जग्गा देख्यो त्यहाँ एमालेको आँखा गइहाल्दो रहेछ। गोकर्ण रिसोर्ट हेर्नुस्, राजा वीरेन्द्रको सम्पत्तिमा एमालेको आँखा हेर्नुस्। पोखराको लिचीबारी हेर्नुस्। गिरीबन्धु टी स्टेट हेर्नुस्, जताततै एमालेको मात्रै सुनिन्छ। संघीय मामिला मन्त्रीले त राजीनामा दिनुभयो तर भूमि सुधार मन्त्री अहिले पनि जबरजस्ती पदमा बसिराख्नुभएको छ।’

कास्की एमालेको जिल्ला कमिटीले नै भूमि मन्त्रीको राजीनामा माग गर्दा समेत कांग्रेसले बोल्न नसकेको बताए।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ