- असार ०६, २०८०
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भैरहवाबाट आज काठमाडौँ ल्याइने भएकाे छ ।
उनी बुद्ध एयरको बिमानमार्फत भैरहवाबाट ३ः१० मा काठमाडौँ फर्किने भएका छन् । उनी काठमाडाैं आउने भए लगत्तै एअरपाेर्टमा कार्यकर्ताकाे उपस्थिति बाक्लाे भएकाे छ ।
सहकारी ठगी प्रकरणमा लामिछाने भैरहवा कारामा थिए। तर, उनलाई कारागार स्थानान्तरण गर्न अदालतले दिएको आदेश पालाना नगरेको भन्दै आलोचना भएपछि सरकारले उनलाई काठमाडौँ ल्याउन लागेकाे हो।
गत चैत २५ गतेदेखि भैरहवा कारागारमा रहेका लामिछानेले जेठमा नक्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए। अब उनलाई नख्खु कारागारमै राखिने भएकाे छ ।
टिप्पणीहरू: