बिहिबार, २६ भदौ २०८२

रामेछापमा जेल ताेडेर भाग्न खाेज्दा भएकाे गाेली प्रहारमा दुई कैदीकाे मृत्यु


काठमाडाैं ।   रामेछापमा कारागार तोडेर कैदी भाग्न खाेजेपछि कैदीलाई रोक्न गोली चलाउदा २ जनाको मृत्यु भएको छ।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बिहीबार बिहान कारागारबाट कैदीबन्दी भाग्न खोजेपछि नेपाली सेनाले गोली चलाउन वाध्य भएकाे जानकारी दिए ।  

गोली लागेर २ पुरुष कैदीको मृत्यु भएको छ भने केही घाइते भएका छन् । 

घाइतेहरुकाे अहिले रामेछाप अस्पतालमा उपचार भइरहेकाे छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ