आइतबार, ०७ मंसिर २०८२

सर्वाेच्च अदालत ताेडफाेड र आगजनीमा संलग्न दुई जना पक्राउ


काठमाडाैं ।  जेनजी आन्दोलनका क्रममा सर्वाेच्च अदालत ताेडफाेड र आगजनीमा संलग्न दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–१ की वर्ष २८ की ज्योति थापा घताने र ललितपुरको महालक्ष्मी नगरपालिका–५ का वर्ष ३० को ब्राउन भन्ने सुशील श्रेष्ठ रहेका छन्। 

उनीहरूले सर्वोच्च अदालतमा तोडफोड तथा आगजनी गरेको प्रहरीको आरोप छ।

आरोपी दुवै जनालाई काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आपराधिक उपद्रवमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ