आइतबार, २८ भदौ २०८३

फेक अडियो बनाएर ‘डार्क फाइल’लाई उपलब्ध गराउने तिमिल्सिना पक्राउ


काठमाडौँ। फेक अडियो बनाएर सिधाकुरा डटकमको ‘डार्क फाइल’ कार्यक्रमलाई उपलब्ध गराउने राजकुमार तिमिल्सिना पक्राउ परेका छन्।

तिमिल्सिनालाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले आइतबार पक्राउ गरेको हाे।

सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी र सञ्चार उद्यमीलाई जोडेर फेक अडियो बनाएकाे पुष्टि भएको थियाे।

सर्वोच्चको बृहत पूर्णइजलासले गत असोज १४ गते तिमल्सिनालाई ६ महिना कैदको फैसला सुनाएको थियो। सर्वाेच्चको फैसलापछि उनी फरार थिए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ